लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

प्रहरीले लागुऔषधसहित एकजना पुरुषलाई हिजो थानकोट,नागढुंगास्थित प्रहरी चेकप्वाइण्टबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोक,ठूलो सिरुवारी गाउँपालिका–१३ का ३२ वर्षीय उमेश गहतराजको साथबाट प्रहरीले डायजापेम ६४ एम्पुल,फिनेग्रान ६७ एम्पुल,नुफिन ६४ एम्पुल र नाइट्राजापाम ४० ट्याब्लेट बरामद गरेको हो ।

सर्लाहीबाट काठमाण्डौँ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्ने क्रममा बसका यात्रु उमेश गहतराजको झोलाभित्र रहेको उक्त औषधीजन्य लागुऔषधसहित प्रहरीले निजलाई पक्राउ गरेको हो । गहतराजमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको बताइएको छ ।

टिप्पणीहरू