एनआरएनए अगाडि नै किन तात्यो ?

एनआरएनए अगाडि नै किन तात्यो ?

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन जनवरी २३ र २४ का दिन हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने संघको महाधिवेशन के कारणले नौ महिना अगावै हुन लागेको हो बताइएको छैन । तर,विधानतः संघको महाधिवेशन आयोजनाको लागि परराष्ट्र मन्त्रालयको सहमति आवश्यक हुने भएकाले उक्त सहमति प्राप्त भइसकेको संघले बताएको छ ।

यसपटकको महाधिवेशनमा विश्वभरिबाट भर्चुअल उपस्थिति हुनेछ । महाधिवेशन प्रतिनिधिको लागि २६ सय जनाभन्दा बढीले आवेदन भरिसकेका छन् । आवेदकहरूको विवरणलाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले प्रमाणीकरण गरेपछि अन्तिम सूची संघको आगामी बैठकले सार्वजनिक गर्नेछ ।

संघले आफ्नो सदस्य हुनको लागि कम्तिमा १ सय ८२ दिन विदेशमा बसे पुग्ने मागमा अडान लिँदै आएको छ । तर, सरकारले भने कम्तिमा दुई वर्ष विदेश बस्नैपर्ने अडान नछाडेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको दाबी छ । विशेषगरी संघका सदस्यहरूको आर्थिक गतिबिधि र कारोबार अपारदर्शी रहेको समाचार एकपछि अर्को गरी बाहिरिएका कारण गैरआवासीय नेपाली ऐनमा थप कडाइको व्यवस्था गर्नुपर्ने निचोडमा परराष्ट्र पनि पुगेको बताइन्छ ।

टिप्पणीहरू