पाकिस्तानी हिमालमा नेपाली कीर्तिमान
संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट के–२ को नेपालका १० जना पर्वतारोहीले शनिबार सफल आरोहण गरेका छन् । नेपाली पर्वतारोहीले हिउँदमा उक्त हिमालको सफल आरोहण गरी नयाँ कीर्तिमान समेत कायम गरेका छन् ।
पाकिस्तानस्थित माउण्ट के–२ को सफल आरोहण गर्ने पर्वतारोहीहरुमा निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमाछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।
रेडियो पाकिस्तानका अनुसार उक्त शिखरमा हालसम्म हिउँद याममा कसैले पनि सफल आरोहण गर्न सकेका थिएनन् । ८ हजार ६ सय ११ मिटर अग्लो शिखर जी शेर्पाले विनाअक्सिजन आरोहण गरेका हुन् ।
टिप्पणीहरू