गौतमले उपाध्यक्ष छाड्नुभो !
नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो पद उल्लेख नगरी सामाजिक सञ्जालमा श्रध्दान्जलि व्यक्त गरेपछि उहाँले पद छाडेको आशंका गरिएको छ । अस्ति राति सामाजिक सञ्जालमार्फत् व्यक्त एउटा श्रद्धाञ्जलीमा उहाँले आफूलाई नेपाल कम्युनिष्ट पार्टी मात्र भनेर चिनाउनुभएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि लगभग विभाजनको अवस्थामा पुगेको नेकपाको दुबैतर्फ संलग्न रहेको नदेखाउँदै उहाँ तटस्थ बस्दै आउनुभएको छ । नेकपालाई विभाजनबाट जोगाउन पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियानको घोषणा पनि गर्नुभएको छ । उक्त घोषणाको विज्ञप्तिमा पनि उहाँले आफूलाई अभियानको संयोजक उल्लेख गर्नुभएको छ ।
तर,नेकपाको दुवै पक्षले वामदेव गौतमलाई आजसम्म उपाध्यक्षबाट हटाएको वा पद खोसेका छैनन् । विधानतः उहाँ उपाध्यक्ष नै हुनुहुन्छ । तर,आफूलाई उपाध्यक्षको रूपमा परिचित गराउन नचाहनुभएको पुष्टि भएको छ ।
श्रद्धान्जली
सामाजिक सेवा, पार्टी तथा अनेकन न्याय प्राप्तिका आन्दोलन/अभियानका सहयोद्धा मेडिसिटी अस्पतालका अत्यन्त मिलनसार कर्मचारी मेरो प्यारो क. रोहिणी भट्टराईको निधनले म स्तब्ध छु ।
आज नख्खुस्थित मेडिसिटी अस्पतालमा उहाँको निधनले म अत्यन्तै मर्माहत छु । क. रोहिणीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।
वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२ माघ २०७७
टिप्पणीहरू