आमाको भविश्यवाणी पूरा गर्ने रास्ट्रपति

आमाको भविश्यवाणी पूरा गर्ने रास्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल एक हप्ताभन्दा कम छँदा नै आमाले दशकौंअघि गरेको भविश्यवाणी पूरा गरेका छन् ।

ट्रम्पका पछिल्ला गतिविधिले आमाको त्यतिबेलाको वचनलाई खेर जान नदिएको हो । आमा मेरी आन्ने ट्रम्पले कुनै बखत भनेकी थिइन् ‘हो,मेरो छोरो डोनाल्ड सामान्य विवेक पनि नभएको एउटा मूर्ख हो । ऊसँग कुनै सामाजिक भावना र क्षमता नै छैन । त्यसैले यस्तो मानिस कहिल्यै राजनीतिमा नलागोस् भन्ने मेरो आशा छ । किनभने ऊ भविश्यमा एउटा प्रकोप (डिजाष्टर) बन्न बेर लाउँदैन ।’

नभन्दै ट्रम्प अमेरिकी राजनीति र समाजको लागि दुई साताअघि नसोचेको प्रकोप नै बने । बहालरत राष्ट्रपतिले समर्थकहरूलाई आह्वान गरेर संसद भवन कब्जा गर्न मात्र लगाएनन् । तिनलाई तोडफोड र ध्वंशमा समेत उतारे । त्यसक्रममा चार जनाको ज्यान गयो । उक्त घटनापछि वाक स्वतन्त्रता र प्रजातन्त्रको पहरेदार बन्दै आएको अमेरिकालाई विश्वले नै नराम्रोसँग गिज्यायो ।

त्यसअघि राष्ट्रपतीय चुनावमा विनाप्रमाण धाँधली भएको बताउँदै विभिन्न हतकण्डा अपनाएका थिए । सत्ताको बागडोर आफूले सम्हालेर अरुलाई धाँधलीको आरोप लगाउँदा पनि उनमा कुनै ग्लानी महसुस थिएन । बरु,उल्टै आगामी बुधबार ह्वाइट हाउसमा आयोजना हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण समारोहमा उपस्थित नहुने भनी जग हँसाउँदै आएका छन् । उनले २४ जनवरीसम्मको लागि वासिङ्गटनमा संकटकाल लगाइदिएका छन् ।

यसैबीच बाँकी केही दिन पनि पदमा राख्न उपयुक्त नरहेको भन्दै अमेरिकी कंग्रेसले दोस्रो पटक उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दोस्रो पटक कँग्रेसबाट महाभियोग प्रस्ताव पारित हुने राष्ट्रपतिमा ट्रम्प पहिलो बनेका छन् । भलै माथिल्लो सदन सिनेटमा उनको दल रिपब्लिकनको बहुमत छ । चार वर्षको कार्यकालमा दर्जनौं महिलाले आफूहरूलाई विगतमा ट्रम्पले विभिन्न किसिमबाट यौन शोषण गरेको खुलमखुल्ला चुनौती दिँदा पनि उनले हाँसेर टारिदिएका थिए । एकपटक उनले भने ‘त्यो बेला मेरो मात्र जीउ तातेको हो र ?’

टिप्पणीहरू