निकाल्ने तर फुटेको नदेखाउने

निकाल्ने तर फुटेको नदेखाउने

निर्वाचन आयोगका पदाधिकारीहरू गत मंगलबारझैँ आज दिउँसो पनि दौरा सुरुवालमा सजिएर राष्ट्रपति कार्यालय शीतल निवास छिर्ने कार्यक्रम रहेको छ । गत मंगलबार वार्षिक प्रतिवेदन पेशका लागि तय गरिएको समय अन्तिम घडीमा रद्द भएपछि पुनः आज दिउँसो १ बजेको लागि निश्चित भएको हो ।

यता, निर्वाचनको चटारो र नेकपाको आधिकारितासम्बन्धी विवादले आयोगका पदाधिकारी, उच्च कर्मचारी र तिनका गतिबिधि निकै दौडादौडको अवस्थामा देखिन्छ । आयोगको उच्च स्रोत भन्छ ‘दुवै पक्षले हामी एक हौं, विभाजन भएका छैनौं भनिरहेका छन् । काम भने विभाजनकारीले झैँ गरेका छन् । दुईमध्ये एउटाले आफूलाई प्रमाणित गरिदेऊ, अर्कोलाई होइन पनि भनेका छैनन् ।’

‘नेकपाको दुवै पक्षले कागजमा हाम्रो संगठन एउटै हो भन्ने,एउटा समूहले अर्कोमा रहेका पदाधिकारीलाई निकाल्ने काम मात्र गरिएको देखिन्छ । ती सबै नेकपाकै नाममा भएको छ । तर, त्यसरी भएन,औपचारिक रूपमा पार्टी फुट्न पर्यो,अनि मात्र जज गर्न सकिन्छ’ आयोग स्रोतले व्यवहारिक कठिनाई उल्लेख गर्दै भनेको छ । त्यसैको सेरोफेरोमा रहेर आयोगले एकाध दिनमा निर्णय गर्ने मुड बनाएको बुझिएको छ ।

तर, ‘पोलिटिकल वेभ’ कतापट्टी बग्छ भनेर अनुमान लगाउँदै आयोगका पदाधिकारीहरू भने एकदम ‘न्यूट्रल’ मा रहेको देखाउने प्रयासमा रहेको बताइन्छ ।

टिप्पणीहरू