विप्लव समूहमा अर्को आर्थिक अनियमितता

विप्लव समूहमा अर्को आर्थिक अनियमितता

आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता कारवाहीमा परेका छन् । उनीहरूमाथि पार्टीको नीति विपरित अवैध ढङ्गले चन्दा उठाएको र रकम हिनामिना गरेको आरोप लागेको छ ।

सो पार्टीको डोल्पा जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै काइके गाउँपालिकाका समिर भनिने तोदेन बुढा र  मुट्केचुला गाउँपालिकाका सागर शाहीले पार्टीका नाममा मनोमानी चन्दा असुलेर आर्थिक हिनामिना गरेकाले दुवैलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको जनाइएको छ । विज्ञप्तिमा दुवै जनालाई यथाशीघ्र पार्टीको सम्पर्कमा आएर आर्थिक हिसाब राफसाफ गर्न निर्देशन दिँदै अन्यथा थप कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

सशस्त्र विद्रोहबाटै सत्ता परिवर्तन गर्ने उद्घोषसहित भूमिगत भएको विप्लव समूहमा पटक–पटक आर्थिक अनियमितताका घटना सार्वजनिक भइरहेका छन् । केही समय पहिले मात्र सो पार्टीको माथिल्लो तहका एकजना नेताको नाम समेत आर्थिक हिनामिनामा जोडिएको समाचार बाहिरिएको थियो ।

टिप्पणीहरू