महानगरमा बिभाजनको बान्की
नेकपा विभाजनको असर काठमाडौं महानगरमा पनि परेको छ । अहिलेसम्म तीनवटा वडाका वडाध्यक्षले स्पष्टरूपमा नेकपा (बहुमत) तर्फ आफ्नो आवद्धता देखाएको बताइन्छ । वडा नं. १४ र १५ का वडाध्यक्षहरू क्रमशः शोभा सापकोटा र ईश्वरमान डंगोलले नेकपा बहुमततर्फ आफ्नो समर्थन जनाइसक्नुभएको छ । उता, चावहिल क्षेत्रको ७ नं. वडाका वडाध्यक्ष शुद्ध डंगोलले अहिलेसम्म कित्ताकाट नगरेपनि ओली पक्षको भेलामा उपस्थिति जनाउनुभएको छैन । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईहरूको दबावको कारण डंगोल खुल्न नसकेको बताइन्छ । रोयल ब्याङ्क्वेटमा हालै भएको कृष्ण राईहरूको भेलामा समेत ७,१४ र १५ का वडाध्यक्षहरूको अनुपस्थिति थियो ।
त्यसैगरी महानगरका कर्मचारीहरूमध्ये सबैभन्दा उपल्लो तहमा रहेका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठलाई नेकपा उपाध्यक्ष वामदेव गौतमसँग निकट भनिन्छ । त्यसैगरी शिक्षा विभागका प्रमुख नवराज ढकालले बीचमा बसेपनि यदाकदा बालुवाटारतिर ढल्केको संकेत दिन थालेको स्रोतको दाबी छ । कर्मचारीहरूमध्ये बखत सावदहरूलाई योगेश भट्टराई निकटको रूपमा चिन्ने गरिएको छ ।
टिप्पणीहरू