दुवै नेकपाका यस्ता दाउ
अहिले एकापसमा जति पोल खोलाखोल गरे पनि प्रचण्ड–माधवलाई केपी ओली चाहिने र स्वयं केपीलाई पनि ती दुई भाइ नभइ नहुने दिन धेरै टाढा छैन ।
अहिले प्रचण्ड–माधवलाई संसद पुनस्र्थापना र केपी ओली–शेरबहादुर देउवालाई चुनाव चाहिएको भनेर बाहिर बुझिँदैछ । महन्थ ठाकुर–राजेन्द्र महतोहरु पनि चुनाव होला त भन्नेमा छन् । तर, बाबुरामलाई यो कुराको पत्तो छैन । तर, यी तीन पक्षले सेटिङमा ढिलैगरी भए पनि चुनाव हुन्छ, अदालतले ओलीको कदमलाई सदर गर्छ भन्ने बुझेका छन् । सबै पेशा र तप्काका जनतालाई झैं प्रचण्ड–माधवहरुलाई चुनाव हुन्छ भन्ने लागेको छैन । केपी ओली निर्वाचन आयोगतिर टाउको घुमाएर ‘यसो–उसो’ भन्नेतिर लागेका छैनन् । उनको हिसाब छ, अदालतले संसद विघटनको कदमलाई सदर ग¥यो भने माधव नेपालहरु बाहिरको बाहिरै रहन्छन् । आफूले राखेका मान्छे निर्णायक रहेको निर्वाचन आयोगले नाम र चुनाव चिह्न आफूलाई दिन्छ भन्नेमा उनले दृढ विश्वास साँचेका छन् । शेरबहादुरचाहिँ चुनाव भएर, जितेर, प्रधानमन्त्री बनेको सपना देख्दै छन् । राजेन्द्र महतो यसचोटि जनकपुर कि सर्लाही, कहाँबाट उठ्ने भनेर ठाउँ खोज्न हिँडिसके । तर, प्रचण्ड–माधव पक्षले यस्तो गरिरहेको छैन ।
दक्षिणको छिमेकीले पनि चुनाव हुने ठानिहेको छ । त्यसैले अदालतले फैसला नगर्दासम्म यस्तो अन्यौलता कायमै रहन्छ । भारतका निम्ति संसद पुनस्र्थापना नै भए पनि त्यसको बनावटभित्र निश्चित दलको बहुमत नहुने निश्चितै भयो । यसर्थ, अस्थिरताको बीउ त रोपियो–रोपियो भन्ने छ ।
यदि चुनाव भयो नै भने केपी ओलीको सहयोगबिना माधव र प्रचण्डलाई जित्न गाह्रो हुन्छ । केपीकै हकमा पनि यी दुईसँग गठबन्धन नगर्दा धेरै ठाउँमा जित्न महाभारत छ । फुटेर जाँदा जनतालाई दिने जवाफ हुँदैन । कुनै न कुनै नाम वा बहानामा मिल्दामात्र सुख पाइन्छ भन्ने ठाउँमा पुग्न चुनावी कार्यक्रम घोषणा हुनुपर्छ भन्ने एकथरि नेकपा नेताहरुको बुझाई छ । तर, यदि संसद पुनस्र्थापना भइदियो भने केपीसँग घोषित रुपमा फुट्नका निम्ति संख्या पुग्दैन । अहिले जसरी जिल्ला–जिल्लामा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गर्न केपी पक्ष सक्रिय भएको छ, त्यसबाट पनि बुझिन्छ, उनीहरु फुटका लागि आतुर छन् । मदन भण्डारी फाउण्डेशनको नाममा भारतले बीपी कोइराला फाउण्डेशन र चीनले सिएफपीडीबाट दिएको पैसा आखिर गुट विस्तारमा प्रयोग भएकै छ ।
टिप्पणीहरू