“अज्ञात लाशको अभिलेख राख”

“अज्ञात लाशको अभिलेख राख”

राष्ट्रिय मानव अधिकार आयोगले पहिचान नखुलेका शवहरूको तथ्याङ्क संकलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यासअनुरूप अद्यावधिक गर्न सरकारलाई पुनः ध्यानाकर्षण गराउँदै निर्देशन दिएको छ । त्यस्ता शवहरूको अभिलेख दुरुस्त र अद्यावधिक गर्नुपर्ने माग राख्दै डा.सुगम केसी,सुनिल महर्जन र रोहित श्रेष्ठले केहि दिनदेखि माइतीघर मण्डलामा गरेको धर्नाको अनुगमनपछि आयोगले उक्त निर्णय गरेको हो ।

आयोगले यसअघि पनि २०७४ फागुन २ गते त्यस्ता शवहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई शवहरूको अभिलेख दुरुस्त हुने गरी अस्थायी समाधिमा व्यवस्थापन गर्न सरकारलाई सिफारिश गरेको थियो ।

टिप्पणीहरू