पूर्वजनमुक्ति सेनालाई माधव नेपालको प्रशिक्षण
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि विभाजित नेकपाका दुवै पक्ष संगठन विस्तार र संघर्षका कार्यक्रममा केन्द्रित छन्। बहुमत (प्रचण्ड-नेपाल) पक्ष संसद विघटनविरुद्ध संघर्षका कार्यक्रममा होमिएको छ भने रक्षात्मक बनेको ओली पक्ष चुनावी तयारी भन्दै देश दौडाहामा जुटेको छ।
यसैबीच बहुमत पक्षले पूर्व जनमुक्ति सेना संगठन नेपालको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। माओवादी जनयुद्धमा जनमुक्ति सेनाको भूमिकालाई महत्वपूर्ण मानिन्थ्यो। माओवादी पार्टी शान्ति प्रक्रियामा आएसंगै झन्डै भूमिकाबिहीन बनेको पूर्वजनमुक्ति सेना एमाले र माओवादी केन्द्रबीच एकता भएपछि झन्डै अस्तित्वबिहीन अवस्थामा पुगेका बेला नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रशिक्षण दिन लागेका हुन्।
संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपाले पूर्वजनमुक्ति सेनालाई प्रशिक्षण दिनुलाई महत्वका साथ् हेरिएको छ ।
टिप्पणीहरू