‘नागरिक एप” ठीक छ ?

‘नागरिक एप” ठीक छ ?

सरकारले हालै परीक्षणको रूपमा प्रारम्भ गरेको नागरिक एपमा केही प्राविधिक समस्या देखिएकाले उक्त समस्या समाधानको लागि आवश्यक प्रक्रिया शुरु गरिएको बताएको छ । नागरिकका ब्यक्तिगत विवरण मेल नखाएको र एपले राम्रोसँग काम नगरेको जनगुनासो बढेपछि गृहले उक्त स्पस्टिकरण दिएको हो ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत जानकारीलाई डिजिटल माध्यमबाट हेर्न र प्रयोग गर्न मिल्ने भन्दै हालै नागरिक एपको परीक्षण गरेको छ । तर,परीक्षण क्रममै नागरिकताको विवरणमा समस्या देखिएपछि जनगुनासो बढेको हो । त्यसैगरी,हाम्रो सन्दर्भमा सर्वसाधारणले मोबाइल नम्बर परिवर्तन गरिरहने भएकाले आगामी दिनमा एपमा मोबाइल नम्बरको समस्या पनि थप चुनौती हुनसक्ने विज्ञहरूले बताएका छन् ।

टिप्पणीहरू