बिप्लवका अध्यक्षद्वारा पार्टी परित्याग

बिप्लवका अध्यक्षद्वारा पार्टी परित्याग

नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह ) को सहायक संगठन युवा संगठन रुकुम पश्चिमका अध्यक्ष डिल्लीराज शर्मा (लय साहनी)ले पार्टी छोडेका छन् । उनले जनआस्थालाई लामो बिज्ञप्ती उपलब्ध गराएर पार्टीका सबै जिम्मेवारी त्यागी आफू स्वतन्त्र बनेको घोषणा गरेका छन् । बिप्लवको कार्यदिशाको प्रशंसा गर्दै जिल्ला नेतृत्वको खराब कार्यशैलीको कारण पार्टी छाडेको बिज्ञप्तीमा जनाएका छन् ।

डिसियम कमरेड गम्भिरको भाइको एक्सिडेन्टले मेरुदण्ड भाँचियो तर गाडी धनी दाङ्ग जौबारी निवासी शालिकरामले उपचार खर्चको रकम भुक्तान गर्न मानेनन् । 

उनले जनआस्थालाई उपलब्ध गराएको बिज्ञप्ती यस्तो  छः

हाम्रो जिल्ला रुकुममा भ्रष्ट्राचार गर्ने,शक्तिको दुरुपयोग गर्ने र क्रान्तिकारी आन्दोलनका बिरुद्ध तानाबाना बुन्ने जो कोहि युवा संगठन र त्यसको अध्यक्ष डिल्लीराज शर्माको नाम सुनेर थर्कमान हुने स्थिति पैदा भएको थियो ।

क्रान्तिको सैद्धान्तिक आधार एकातिर,निशाना अर्कातिर,अपेक्षा एकातिर तर हाम्रो पार्टी रुकुम जिल्लाको नेतृत्वको व्यवहार अर्कोतिर अभिव्यक्त हुन थाल्यो । मैले जब यो बिषयको अनुभूति गरेँ तबदेखि नै नेतृत्वलाई सच्चिन पार्टीका आन्तरिक फोरमहरुमा बहस गर्न थालेँ । तर नेतृत्वले यो बिषयलाई अनुभूत गर्ने र सच्याएर क्रान्तिको अपेक्षालाई पूरा गर्नेतिर होइन,कार्यकर्ताले आफूलाई बिस्थापित गर्न खोजेको अनुभूति गर्दै आफ्नै कार्यकर्ताबिरुद्ध सत्तासंगको मिलेमतोमा षड्यन्त्र गर्ने,अझ बहसको थालनी गर्ने कमरेडहरुलाई निश्कासन गर्ने धम्कीसमेत दिने दिशातिर उन्मुख भयो ।

जिल्लाको नेतृत्व क्रान्ति पूरा गर्ने दिशातिर होइन, वर्तमान दलाल सत्तासंगको साझेदारीमा आफूलाई सुरक्षित गर्ने मनशायमा भएको पुष्टि भयो  । मैले यो बिषय पार्टी ब्युरो कमिटीसम्म पनि निवेदन गरेँ तर पहुँच नभएको म बबुरोको बिषय किन सुनुवाइ हुन्थ्यो ! क्रान्तिकारी पार्टीमा पनि पहुँच र सम्बन्ध नै निर्णायक हुने हो भने हामी पहुँच र चिनजानमा बिश्वास नगर्नेहरु पार्टीमा रहिरहन आवश्यक महसुस गरिँन, त्यसकारण यहि बिज्ञप्तीमार्फत स्वतन्त्र भएको घोषणा गर्दछु ।

नेतृत्वबिरुद्ध अपुष्ट आरोपहरु थोपर्दै पार्टी छाडेको घोषणा गर्नु कायरताको संज्ञा पनि हुनसक्ला तसर्थ रुकुम जिल्लाको नेतृत्व एक गैर क्रान्तिकारी र दलाल पुँजीपति बर्गको दासको हातमा पुगेको पुष्टि हुने दृस्टान्तहरु तपसिलमा छन् ः

क) मिति २०७६ बैसाख २५ गते तत्कालिन डिसियस कमरेड चन्द्र बुढा र युवा संगठनको अध्यक्ष म डिल्लीराज शर्मा चौरजहारी नगरपालिकाको मेलैनाउलीबाट छुट्टियौँ  । म घर गएँ । उनी मेलैनाउलिमै एकजना शुभचिन्तकको घरमा बास बसे । भोलिपल्ट २६ गते उनले मलाई चन्द्र थकालीको काम रोकेर आफूकहाँ छलफलमा आउन आदेश गरे । मैले पनि उनको आज्ञा बमोजिम नै गरेँ । म चन्द्र थकालीको सुराकीबाट गिरफ्तार भएँ,प्रहरीसंगको भिडन्तमा घाइते भएँ,त्यो घटनाको छानबिन उनले गरेनन्,चन्द्र थकालीलाई सामान्य चेतावनी पनि दिएनन्,संघर्ष झन गर्दै गरेनन् ।

ख) त्रिबेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले २६ लाख सरकारी पैशा हिनामिना गरेको पुष्टि भयो । मैले इन्चार्ज कमरेड चन्द्रलाई (डिसियस कमरेड हिरासतमा हुनुहुन्थ्यो) यसको छानबिन गर्ने र पार्टीको तर्फबाट कार्वाही गर्ने योजना बनाउँ भनेर प्रस्ताव गर्दा ठाडो अस्वीकार गरे । हालसम्म पनि त्यो बिषयमा पार्टीले कुनै पहल लिएको छैन ।

ग) आठबिसकोट नगरपालिकामा तत्कालीन डबल नेकपा र नेपाली काँग्रेसले खुलेआम राजनीतिक गुण्डागर्दी चलाए,बजारमा निस्किने जो कोहिलाई कुटपिट गर्ने, एकले अर्काका समर्थकलाई ज्यान मार्ने सम्मका हर्कत भए,हामीले जनबिरोधी घोषणा गरेको प्रशासनले कफ्र्यु लाउन बाध्य भयो । तर जनसत्ता चलाएको पार्टीको नेतृत्वले समान्य बिज्ञप्तीसम्म लेख्ने आँट गरेन ।

घ) पार्टी डिसियम कमरेड गम्भिरको भाइको एक्सिडेन्टले मेरुदण्ड भाँचियो तर गाडी धनी दाङ्ग जौबारी निवासी शालिकरामले उपचार खर्चको रकम भुक्तान गर्न मानेनन् । कमरेड गम्भिरले पार्टीलाई निवेदन गर्नुभयो । दुई बर्षसम्म पनि पार्टीले सहयोग गरेन  । कमरेड गम्भिर आफै केही साथीलाई लिएर शालिकरामको घर पुग्नु भो । उसले गम्भीरलगायत अरु चार जना सर्वसाधारणलाई बिप्लवहरु चन्दा माग्न आए भन्ने आरोप लगाएर सुराकी गर्यो । सबै साथी गिरफ्तारीमा परे,जिल्ला नेतृत्वले बिज्ञप्तीसमेत लेख्न मानेन । आफ्नो कमरेडका लागि मात्र नभएर आम बिप्लवको नाममा गिरफ्तार गरिएका सर्वसाधारणहरुको लागि समेत पार्टी बोल्नु पर्छ कि पर्दैन ? जनतालाई दुख दिनेहरु बिरुद्द निर्मम संघर्ष गर्नुपर्छ कि पर्दैन ?

ङ) सानोभेरी गाउँपालिका वडा नं ३ पेदी बजारबाट कमरेड शिव र बिवेकको गिरफ्तारी भयो । अरु दुई जना कमरेड भाग्न सफल भए । वडा नं ३ को अफिसमा छलफल गर्न बोलाएर बाहिर प्रहरीलाई घेरा हाल्न लगाएको आरोप गिरफ्तार कमरेडहरुको छ । त्यो बिषयमा अध्ययन गरेर प्रतिबेदन तयार गर्दै पार्टीविरुद्ध सुराकी गर्नेहरुलाई तह लगाउनु पर्छ कि पर्दैन ? त्यो बिषयमा पनि कथित नेतृत्व हाल सम्म मौन छ ।

टिप्पणीहरू