माछो, माछो भ्यागुतो प्रदेश १ सभाको हिउँदे अधिवेशन
प्रदेश नम्बर १ सभाको सातौ तथा हिउँदे अधिवेशनको बुधबार बस्ने पहिलो बैठक निक्कै तनावपुर्ण हुने धेरैको अनुमान थियो । यसैले सभा भवन बाहिर पनि सुरक्षा व्यावस्था कडा पारिएको थियो भने भित्र पनि मर्यादा पालकहरुको संख्या दोब्वार परिएको थियो ।
किनभने सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव र ओली समुहविच बुधबार घम्साघम्सी हुने आँकलन थियो । यसैले मसलेदार समाचार खोज्ने पत्रकारहरु दिउँसो १२ बजेदेखी प्रदेश सभा बाहिर भेला भैसकेका थिए । प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठक २ बजे सुरुहुने समय तय भएको थियो ।
तर अधिवेशनको पहिलो बैठक अरुले सोचेजस्तो मसालेदार भएन । बरु जम्मा एक मिनेट १९ सेकेण्ड बसेर अनिश्चितका लागि स्थगित गरियाे ।
बुधबार दिउँसो दुई बजेर १२ मिनेट जाँदा सुरु भएको बैठक सभामुख प्रदिपकुमार भण्डारीले सभामा प्रवेश गरेर राष्ट्रियगान पछि १ मिनेट १९ सेकेण्ड बैठक बसेर अनिश्चतका लागि स्थगित गराए ।
सभामुख भण्डारीले सभाको सातौं तथा हिउँदे अधिवेशन सुरु भएको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र सुनाएपछि अर्को सूचना जारी नभएसम्मका लागि सभाको बैठक स्थगित भएको जानकारी गराए ।
धेरैले सोचेजस्तौ सत्ताधारी दल नेकपाको प्रचण्ड माधव नेपाल समुहले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावले हिउँदे अधिवेशनको सभामा प्रवेश पाएन ।
प्रदेश १ सभामा नेकपाका दुई समुहका अलग अलग संसदिय दल छ । दुबैले एक अर्कालाई कारबाही गरेको जानकारी प्रदेश सभालाई गराई सकेका छन । तर सभामुख प्रदिपकुमार भण्डारीले बोलाएको पुरानै कार्याव्यवस्था समितिको बैठकको निर्णयअनुसार आगामी बैठक अनिश्चित कालका लागि अन्त भएको सभाकाे सचिवालयले जानकारी गरायो ।
भंग भयो परम्परा
प्रदेश १ सभा अधिवेशन उदघाटन र समापनमा दलहरुका नेताले आफनो शुभकामना र समिक्षा मनतव्य राख्ने परम्परा कायम भएको थियो । तर बुधबारको बैटकमा कुनै पनि दलका नेताहरुले सम्वोधन गर्न पाएनन । कार्याव्यवस्था समितिको सहमती अनुसार बुधबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमा कुनै पनि दलका नेताहरुले सम्बोधन गरेर शुभकाना नदिएको सचिव गोपालप्रसाद पराजुलीले बताए । तर संसदिय दलका नेताहरुले भने यसमा कसैले पनि आपत्ती जनाएका छैनन । प्रतिपक्ष जनता समाजबादी दलका नेता जयराम यादव भन्छन, ‘परम्परा भंङग भयो भन्ने भन्दा पनि सबैले मिलेर समस्या कसरी समाधान गर्नुपर्छ भन्ने कुरा महत्वपुर्ण हो ।’
बैठक शान्तिपुर्ण तर भित्रभित्र झन अशान्ति
नेकपा ओली र प्रचण्ड माधव पक्षको आआफनो दाबीले गर्दा प्रदेश सभाको बैठक तनावपुर्ण हुने अनुमान गरिएपनि बैठक शान्तपुर्ण सम्पन्न भयो । तर हालसम्मको छोटो बैठक शान्तपुर्ण सम्पन्न भएपनि भित्र भित्र भने वतवारण झन अशान्तमय बनेको छ । छलफल प्रस्तावले. पहिलो बैटकमै प्रवेश पाएको भए समस्या चाँडै छिनोफानो हुनेथियो । तर अव अविश्वासको प्रस्ताव छिनोफानो झन अनिश्चित बनेको छ । जसले सांसद खरिदविक्रिदेखी अनेकौ तिकडमले अझै मलजल पाउने पक्का छ ।
यसैले झडपको थियो आशंका
प्रदेश १ मा जम्मा ९३ जना सांसद छन । ती मध्ये६७ जना नेकपाकको मात्रै छ । बहुमतप्राप्त दल नेकपा विभाजनको ंंसंघारमा पुगेपछि धेरैले. प्रदेश सभामा झडप हुने र बाहिर पनि प्रर्दशनहरु हुने आशंका थियो । किनभने नेकपाा दुबै समुहले आफु आफु विचमा कार्वाही गरागर मात्र गरेका थिएनन मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने र प्रस्ताव छलफलमा लान नहुने नदिने मात्र नभएर आफुहरुले निलम्बन गरेका १६ जना सांसहरुलाई सभामा छिर्न नदिने धम्की दिदै आएको थियो । तर प्रचण्ड माधव समुहले चाँही आफुहरुले बैधानिक काम गरेकाले अल्पमतमा परेकाहरुलाई आफुहरुलाई ह्रब्पि लगाउन नसक्ने दाबी गर्दै आएको थियो । साँधुरे प्रदेश सभाभित्र पुराना हटाएर नयाा राखिएका फलामे डण्डी भएका कुर्सीहरु पनि बाईल्डिङ गरिएकाले धेरै सभाको पहिलो बैठकमै झडप हुने शंका धेरै गरेका थिए ।
एकैचोटी प्रदेश गरेर प्रचण्ड माधव समुहका सांसदहरु
बुधबार २ बज्न लागिसक्दा पनि धेरै सांसदहरु सभाहलमा आइपुगेका थिएनन । फाटफुट सांसदहरु मत्र आईपुगेका थिए । यसैले बैठकको कोरम पुग्ला की नपुग्ला भन्ने वतावरण पनि थियो । दुई बज्नै लाग्दा सत्ताधारी प्रचण्ड माधव समुहका सांसदहरु एकैचोटी प्रदेश सभामा प्रवेश गरेका थिए ।
मुख्यमन्त्री कित्ता परिवर्तन गर्ने चार जना सांसदहरु आएनन
बुधबारको बैठकमा प्रचण्ड माधव समहमा बसेर पहिले अविश्वासको मतमा हस्ताक्षर गर्नेै त पछि अडानमा टिक्न नसक्ने चार जना सांसदहरु बैठकमा आएनन । झापाका सांसदहरु जसमाया गजमेर , गोपाल बुढाथोकी , श्रीप्रसाद मैनाली र मोरङकी बसन्तीदेखी यादव बैठकमा देखिएनन । उदयुपुरकी सांसद कला घले चाँही सहभागी भएकी थिइन । प्रचण्ड माधव समुहमा हस्ताक्षर गर्ने पाँच जना मध्ये झापाका तीन सांसदले मात्र आफनो हस्ताक्षर फिर्ता लिएका छन ।
संसदिय दलको बैधानिकता र अविश्वासको प्रस्तावमा आ–आफनै अडान
प्रदेश १ सभामा संसदिय दलको बैधातिकता र अविश्वासको प्रस्ताव दर्ता र छलफलबारे आआफनै अडान कायम छ । नेकपा ओली समुहले. आफुहरु बैधानिक भएकोले संसदिय दलमा वर्चस्व कायमै रहेको दाबी गरेको छ । तर प्रचण्ड माधव समुले. चाँही बहुमतले. हटाइसकेकोले नेता शेरधन राई र सचेतकहरु अल्पमतमा परिसकेको र उनीहरु बर्खास्त भैसकेको बताउदै आएका छन । संसदिय दलको बिबाद समाधानभएपछि मात्र अविश्वासको प्रस्ताव अगाडी बढन दिन अडान ओली पक्षल लिएको छ । तर बैधानिक रुपमा बहुमतले दर्ता गराइसकेकोले कुनै छलछामले त्यो रोकिन नहुने र नसक्ने दाबी प्रचण्ड माधव समुहको छ । ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी दलको विवाद छिनोफनो नभएसम्म अविश्वासको प्रस्तावमा छलफल हुन नसक्ने बताउछन । तर अविश्वासको प्रस्ताव दर्ता गराउने प्रस्तावक ईन्द्र आङबो भने आफुहरुले अविश्वास प्रस्ताव दर्ता गराएपछि संसदको अधिवेशन सुरु भएको र चाँडै छलफल भएर टुंगो लाग्ने वताउँछन।
काँग्रेसको आफनै दाउ तर सबैको पर्खाई केन्द्रिय राजनीति
प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले भने मुख्यमन्त्रीमा आफनो लोभ देखाएको छ । प्रमुख सचेतक केदार कार्की आफुहरुले एक हप्ता भित्र सभामुखले संसदको बैठक बोलाउने कार्यव्यावस्था समितिको बैठकमा भने अनुसार पहिलो बैठक अन्त गर्न दिएको बताए । उनका अनुसार एक हप्ताभित्र बैठक सूरु नभए काँग्रेसले दबाब सृजन ागर्नेछ ।बुधवारको कार्यव्यावस्था समितिको बैठकमा पनि काँग्रेसले जसरी पनि संसद सूचारु ह्ुनुपर्ने अडान लिएको थियो । यद्यपी काँग्रेसले प्रदेशको मुख्यमन्त्री पदमा आफनो आकांक्षा प्रकट गरिसकेको छ । तर उसले आफु प्रतिपक्षी भएकोले प्रतिपक्षको भूमिका निभाउन प्रतिबद्ध रहेको पनि बताउँदै आएको छ ।तर केन्द्रिय राजनीतिमा भएको सहमतीसँगै प्रदेशको राजनीति अगाडी बढने योजना काँग्रेसको रहेको छ ।
मुख्यमन्त्री शेरधनको विवाह वहाना
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा आफुभन्दाा २८ बर्ष कान्छि युवतीसँग विवाह गर्दैछन। काठमाण्डौमा विवाहको आयोजना हुदैछ । यसैले उनले विवाहको वहाना बनाएर संसदको बैठक स्थगित गराउने वहाना बनाएका छन । तर अन्तर्यमा उनले नेकपाको विभाजन औपारिक रुपमा भैनसको र काँग्रेसले पनि खुलेर सर्मथन नगरिसकेकाले आफनो विवाहलाई वहानाका रुपमा अगाडी सारेका छन ।
आशिका लम्सालबाट
टिप्पणीहरू