अहिले बिहानदेखि यो के को कुदाकुद हो ?

अहिले बिहानदेखि यो के को कुदाकुद हो ?

प्रतिनिधि सभा विघटन त गरियो तर मात्र रास्ट्रपति र प्रधानमन्त्रीवीचको सल्लाहमा,यति हतारो र गोपनीय तरिकाले कि कोर टिमकै खास सदस्यकै जानकारी बेगर । हतपतको काम लतपत भने झैं अहिले यसैको भाउँतो आइलाग्दा महान्यायाधिवक्ता तथा पूर्व कानून मन्त्री अग्नि खरेललाई हिजो दिउँसोदेखि नै भ्वाङ्ग टाल्नैको भ्याइनभ्याइ छ । आज बिहानै सर्वोच्च अदालत छेउ उनको कार्यालयमा दौडादौड चलिरहेको छ । सन्चार मन्त्रालयकै भुइँ तलाको यौटा कोठामा थन्क्याइएका मुद्रण बिभागका महानिर्देशक ध्रुवकुमार पोख्रेललाई समेत स्ट्याण्डबाइ रहन भनिएको छ ।

अर्थात अहिले ११ बजेभित्र राजपत्रमा “पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटन” सम्बन्धी रास्ट्रपति कार्यालयको सूचना ओली सरकारको सिफारिस कार्यान्वयन भैसकेको एक महिना तीन दिनपछि,त्यो पनि हिजो सर्वोच्च अदालतमा बहसका दौरान संबैधानिक इजलासले सोधखोज गरेको अवस्थामा त्यसलाई छापेर एक कपी न्यायाधीशहरुसामु बुझाउनु पर्ने छ ।

आज बिहानको कुदाकुद त्यसैको नतिजा हो । यसलाई एकतिरको टाल्न खोज्दा अर्कोतिर च्यातिएको रुपमा लिइएको छ ।

टिप्पणीहरू