बोली चिप्लिएको कि मनको कुरा फुत्किएको ? (भिडियो)
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित प्रधानमन्त्रीनिकट पत्रकारहरुको भेलामा अर्थमन्त्री विष्णु पौडेलले आगामी मंसिर १७ र २७ गते हुने निर्वाचनको लागि तयारी गर्न र अनुकूल वातावरण निर्माण गर्नको लागि पत्रकारलाई आह्वान गर्नुभएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिशसँगै आगामी वैशाख १७ र २७ गतेको लागि मध्यावधि निर्वाचनको मिति तोक्नुभएको छ । विघटनविरुद्ध परेका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् ।
अरबौं बजेटको व्यवस्था गर्नुपर्ने जिम्मेवारी लिएका अर्थमन्त्रीको मुखबाट बैशाखको तिथि बिर्सनुलाई सामान्य रुपमा लिन नसकिने राजनीतिक विश्लेषकहरु पनि बताउँछन् ।
तर,नेकपाको सत्तारुढ समूहका महासचिव पौडेलले सार्वजनिक कार्यक्रममा बोल्दै आगामी मंसिर १७ र २७ गतेको लागि हुने निर्वाचनको निम्ति तयार रहन गर्नुभएको आह्वानलाई उहाँको बोली चिप्लिएको कि मनको कुरा फुत्किएको ? भन्न थालिएको छ । महासचिवकै मुखबाट मंसिर १७ र २७ गते उच्चारण हुनुले वैशाखको मिति देखाउनको लागि मात्र हो भनेर सर्वसाधारणले गरेको यसअघिको आशंकालाई बल मिलेको छ । अरबौं बजेटको व्यवस्था गर्नुपर्ने जिम्मेवारी लिएका अर्थमन्त्रीको मुखबाट बैशाखको तिथि बिर्सनुलाई सामान्य रुपमा लिन नसकिने राजनीतिक विश्लेषकहरु पनि बताउँछन् ।
भाषणमा मन्त्री पौडेलले ‘ताजा जनादेशको निम्ति जनताको माझमा जानु छ । मंसिर १७ गते र मंसिर २७ गते ताजा जनादेशको निम्ति प्रतिनिधिसभाको निर्वाचनमा हामी जाँदैछौं । त्यसको तयारीमा यहाँहरु सबै सञ्चारकर्मी साथीले सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ भनेर म आशा गर्न चाहन्छु भन्नुभएको थियो ।
भिडियो
टिप्पणीहरू