आज राजधानीभित्र जे जे हुँदैछ

आज राजधानीभित्र जे जे हुँदैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबिरोधी आन्दोलन,विरोध प्रदर्शन, अन्तरक्रिया, भेला, बैठक जारी छ। यसका साथै आज उपत्यकामा अन्य कार्यक्रम पनि आयोजना भैरहेका छन् ।

आज हुने कार्यक्रम यसप्रकारका छन् :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) सूर्यविनायक नगर २ नम्बर वडा कमिटीको अगुवा कार्यकर्ता भेला ।

काठमाण्डौ महानगरबाट सहिद सप्ताहको पहिलो दिन टेकु पचलीस्थित शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा ।

भक्तपुर बैंक्वेट कालोपाटीमा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २२औँ साधारण सभा तथा स्व. मैयाँदेवी शिल्पकार स्मृति र स्व.भगवानदास महर्जन स्मृति पत्रकारिता पुरस्कार वितरण ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नागार्जुन नगर कार्यसमितिको थापा पार्टी प्यालेस,फस्कुमा नगर कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम ।

पुरानो बाटो सडक बिस्तार पीडित संघर्ष समितिबाट कानुनविपरित जनताको घरजग्गामाथि भइरहेको अन्यायपूर्ण सडक विस्तारको विरुद्ध विरोध कार्यक्रम महादेव स्थान बाहाखा बजार,भक्तपुरमा बिहानैदेखि जारी ।

विवेकशील साझा पार्टीबाट विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिबाट ४७औं पार्टी स्थापना दिवस कार्यक्रम । टौमढीमा पुस्तक प्रदर्शन ।

त्यस्तै,सामाजिक संस्था अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगम जंग केसी,सुनिल महर्जन र लाेहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासहरुकाे उचित ब्यवस्थापन गराउन दवाव दिने उद्धेश्यले माइतीघर मण्डलामा सचेतनामूलक कार्यक्रम ।

अहिले बिहान ११ बजेदेखि नेपाली काङ्ग्रेस (वीपी) को केन्द्रीय समिति बैठक सामाखुसीमा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समूह) तनहुँ-काठमाडौ सम्पर्क मञ्चबाट केन्द्रीय सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा कार्यकर्ता सौगात पार्टी प्यालेस नयाँ बसपार्कमा ११ बजेबाट ।

मध्यान्ह १२ बजे काठमाडौ ब्यांक्वेट,थापागाँउमा नेकपा ओली समूहको पाँचथर-काठमाडौ सम्पर्क मञ्चले उर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला ।

एसएस स्टडी सेन्टर बागबजारबाट पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल,क्याप्टेन विजय लामा, पत्रकार ऋषि धमला, कलाकार सन्दिप क्षेत्री, कलाकार कृष्ण कंडेल, नेपाल आइडल बुद्ध लामा लगायतका ब्यक्तिहरूसंग अन्तरक्रिया सवा १२ बजे हार्दिक होटलमा ।

साढे ११ बजे नेकपा (प्रचण्ड-माधव) संखरापुर नगर कमिटीको प्रतिगमनविरुद्ध बृहत् जनसभा कार्यक्रम जहरसिंहपौवामा ।

त्यसैगरी,मार्क्सवादी ज्ञान केन्द्र, केन्द्रीय समितिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा ‘संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ बिषयक अन्तर्क्रिया कार्यक्रम तथा मनहरि तिमल्सिनाद्धारा लिखित ‘कम्युनिस्ट स्कुल’ पुस्तकको लोकार्पण । मध्यान्ह १२ बजे हुने सो कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान (पुस्तकालय हल) कमलादीमा ।

अपरान्ह ३ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले स्व.सत्यनारायण फैजू एवं स्व. निलम फैजूको श्रद्धान्जली कार्यक्रम गर्ने । श्रद्धाञ्जली सभा सत्यनारायण फैजूको निवास जगाती, भक्तपुरमा हुने ।

त्यसैगरी,नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले गिरफ्तारीमा परेका नेता -कार्यकर्ताको रिहाइको माग राखीआज नेपाल बन्दको घोषणा गरेको छ ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखेर राष्ट्रिय ट्रमा सेन्टरमा पानी समेत नखाई शुरु गरेको लामो सत्याग्रह आज पनि जारी छ ।

टिप्पणीहरू