डा.गोविन्द केसीको धर्ना शुरु
अहिले दिउँसो सवा १२ बजेबाट माईतिघर मण्डलामा प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादकाे रक्षा गर्न डा. गाेविन्द केसीकाे धर्ना शुरु भएको छ । कार्यक्रम विवेकशील साझाका केन्द्रीय सदस्य शशीबिक्रम कार्कीलगायतले संयोजन गरेका हुन् । डा.केसीहरुले बोकेको प्लेकार्डमा लेखिएको छ:
१) संवैधानिक सर्वोच्चता कायम गर,संविधानबिरुद्धकाे षड्यन्त्र बन्द गर,
२) लाेकतन्त्रकाे बिरुवा नमार,
३) गङ्गामायाकाे सत्याग्रहकाे सुनुवाइ गर,प्रतिनिधिसभालाई मर्न नदिऊँ,संबिधानकाे रक्षा गरौं,
४) नागरिक अघि बढ्दैछ,सर्वसत्ता ढल्दैछ
टिप्पणीहरू