नेकपाले थप संघर्ष चर्काउने
प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपा (बहुमत)ले थप आन्दोलनका कार्यक्रम ल्याउने भएको छ । दोस्रो चरणको आन्दोलनको अन्त्यतिर पुगेको नेकपा थप आन्दोलनको तयारीमा जुटेको बताइएको छ ।
आइतबार बस्ने स्थायी कमिटी बैठकले सङ्घर्षका थप कार्यक्रम घोषणा गर्ने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आइतबार दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
प्रवक्ता श्रेष्ठका अनुसार समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपाले काठमाडौँमा विशाल शक्ति प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि निरन्तर संघर्षका कार्यक्रम अगाडि बढाउँदै आएको नेकपाले माघ २३ गतेसम्मका लागि यसअघि नै कार्यक्रम घोषणा गरिसकेको छ ।
टिप्पणीहरू