ओलीबाट लोकतन्त्र र गणतन्त्रमाथि प्रहार : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई संविधानमाथिको कू भन्नुभएको छ।
आइतबार दिउँसो पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपाभित्रको आन्तरिक झगडाका कारण जननिर्वाचित सर्वोच्च संस्था भंग गरेर ओलीले लोकतन्त्र र गणतन्त्रमाथि नै प्रहार गरेको बताउनुभयो ।
‘देशको कार्यकारिणी प्रमुखबाट संविधानमाथि प्रहार भएको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पछाडि धकेलेर देशलाई प्रतिगमनतर्फ उन्मुख गराउने षड्यन्त्रका साथ् गरिएको छ’,यादवले भनुभयो, ‘यहाँ सेटिङको राजनीतिक भएको छ । यसले अन्तत: लोकतन्त्रलाई नै कमजोर बनाउँछ । सबैभन्दा ठूलो शक्ति जनशक्ति हो,त्यसैले हामी अहिले ओलीको प्रतिगामी कदमका विरुद्ध जनताको शक्तिमा उभिएका छौं ।’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले राजनीतिक ध्रुवीकरण बढेका बेला आइतबार जसपा र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा समूह)बीच एकीकरण भएको हो ।
टिप्पणीहरू