पशुपतिमा प्रधानमन्त्रीको क्षमापूजा

पशुपतिमा प्रधानमन्त्रीको क्षमापूजा

प्रधानमन्त्री केपी ओली पछिल्लो राजनीतिक सङ्कट टार्न पशुपतिनाथ पुग्नुभएको छ । केही दिनअघि बालुवाटारमा शून्य समयको समय गुजारा गर्न चलेको गफमा पशुपतिनाथ र दोलखा भीमसेनको पूजा गर्नुपर्ने सुझाव सन्त महन्थहरुबाट आएको चर्चा चलेको थियो ।

प्रधानमन्त्रीको सचिवालयसङ्ग समन्वय गरेर पशुपति क्षेत्र विकास कोषले सङ्कटा शान्ति,विशेष पूजा,क्षमा प्रार्थना र ग्रह शान्ति गरेको हो । अहिले दिउँसो दाङको लालमटियामा हुने जनसभालाई सम्बोधन गर्न जानुअघि कम्युनिस्ट प्रधानमन्त्रीले पशुपतिमा विशेष पूजा गर्नुभएको हो ।

पौषको शुक्लपक्ष र माघको सोमबार महादेवको पूजाका लागि विशेष नै मानिन्छ । राजनीतिक संकट चुलिदै गर्दा ओलीको यो विशेष पूजालाई विशेष रुपमा हेरिएको छ । ओलीलाई संकट पर्दा संकटा शान्ति,ग्रहशान्ति पहिले पिता मोहनकुमार ओलीले गर्नुहुन्थ्यो ।

टिप्पणीहरू