प्रम ओली छाउनी हुँदै थापाथली र पाटन

प्रम ओली छाउनी हुँदै थापाथली र पाटन

सरकारले देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गर्नुभएको हो । उहाँले देशका २२० स्थानबाट अभियान प्रारम्भ भएको जानकारी दिनुभएको छ ।

खोप वितरणसंगै यसको प्रभावकारिताको निरीक्षण गर्न भन्दै प्रधानमन्त्री ओली काठमाडौका विभिन्न अस्पतालहरुमा पुग्नुभएको छ । अपरान्ह साढे १२ बजे छाउनीस्थित नेपाल आर्मीको अस्पताल पुगेर निरीक्षण गर्नुभएका ओली त्यसलगत्तै थापाथलीस्थित प्रसुतिगृह र पाटन अस्पताल पुग्नुभएको थियो ।

मुलुकभर एकैसाथ खोप अभियान शुरु गरेको सरकारले काठमाडौँका ११ वटा अस्पतालमा खोप अभियान संचालन गरेको छ।

तस्विरः रासस

टिप्पणीहरू