बादलले अलपत्र पारेपछि राजकुमारको बिजोग !

बादलले अलपत्र पारेपछि राजकुमारको बिजोग !

लामो समयदेखि आफूलाई साथ दिँदै आएका नेता–कार्यकर्ताको ठूलो पंक्ति छाडेर गृहमन्त्री रामबहादुर थापा बादल एक्लै ओलीतिर लाग्नुको रहस्य अझै खुलेको छैन । ओली पक्षमा लागेर पद जोगाएका बादलले पूर्वमाओवादीका केही नेतालाई भने घर न घाटको बनाएको पाइएको छ ।

सिन्धुपाल्चोकका नेता राजकुमार श्रेष्ठलाई मन्त्री बनाउने आश्वासन दिएर बादलले ओली समूहमा खुलाउने योजना बनाएका थिए । तर, ती नेतासंग सहमति गरेको २४ घण्टा नबित्दै त्यहीँका अर्का नेता दावा तामाङ मन्त्री बनेपछि उनी अहिले यता न उताको अवस्थातिर पुगेका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट सभासद बनेका र दोलखे सहिद रीतबहादुर खड्काकी बहिनी देवीका पति श्रेष्ठ अहिले बादलले अलपत्र पारेको भन्दै रुष्ट छन् । मन्त्री नपाएपछि सूर्य सुवेदी पथिकको ठाउँमा बादलको प्रमुख राजनीतिक सल्लाहकार ताकेका उनी त्यता पनि जिल्लिएको बताइन्छ । खानेपानी मन्त्रीमा लैजाने अघिल्लो दिनको सहमतिविपरित भोलिपल्ट माधव–प्रचण्ड खेमाको बैठकमा सामेल सिन्धुपाल्चोककै दावासंग पनि त्यस्तै सहमति गरिएछ । तर खानेपानी मन्त्री बन्न हिँडेका उनै दावालाई पनि एकाएक खेलकुदमा दौडाइयो । पर्यटनमन्त्री बन्ने भनेर घरबाट निस्केका मणि थापा खानेपानीमा खुम्चिए ।

कुनैबेला बाबुरामको खास मान्छे भनेर चिनिएका उनी बाबुराम फुटेर जाँदा के कारणले हो प्रचण्डतिर अडिएछन् । अहिले मन्त्रीको आशमा ओलीतिर जान ठिक्क परेका उनलाई बादलले ’थाङ्गनामा सुताइदिएपछि’ हिस्स बनेका छन् ।

ती कमरेडलाई नजिकबाट चिन्नेहरू भन्छन्, ’०६४ सालमा चुनाव जितेपनि आफ्नै कार्यशैलिका कारण निरन्तर जनाधार गुमाइरहेका थिए । पदको लागि जे गर्न पनि तयार हुने उनको कार्यशैलि हो । अहिले दावाले हेरेको हे¥यै बनाइदिए ।’

‘कार्यशैली त बादलको पनि त्यस्तै देखियो। नत्र झण्डै तीन दर्जन केन्द्रीय सदस्य आफ्नो पक्षमा हुँदा पनि अहिले किन एक्लै हुनुपथ्र्यो होला र !’ ती नेता भन्छन् ।

टिप्पणीहरू