नेकपाले भोलि बुटवल तताउने

नेकपाले भोलि बुटवल तताउने

प्रतिनिधिसभा बिघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा (बहुमत) ले भोलि बिहीबार बुटवलमा बृहत जनसभा गर्ने भएको छ ।

लोकतान्त्रिक जनअधिकार र संविधानको रक्षाका लागि भन्दै मुलुकका विभिन्न स्थानमा जनसभा गर्ने निर्णय गरेको नेकपाले पूर्वघोषित कार्यक्रम अन्तर्गत सभा गर्न लागेको हो ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै आन्दोलनमा उत्रिएको नेकपा अहिले तेस्रो चरणको आन्दोलनमा छ।

टिप्पणीहरू