ज्युँदा डेढ हजारको पद भुस, स्वर्गमा पुगेकाहरू केन्द्रीय सदस्य
कमानसिंह लामालगायत बितिसकेका नेकपाका चार जना केन्द्रीय सदस्यको नाम केन्द्रीय समितिमा कायम छ ।दिवङ्गत कमरेडहरूको नाम हटाइदिन पत्र प्राप्त भएपनि आयोगले नेकपाको विधानका कारण कारबाही अघि बढाउन नसकेको बताइन्छ । हुन तः तीमध्ये कमान सिंह र रविन्द्र अधिकारीको निधनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया स्वयम् मलामी नै जानुभएको थियो । तर प्रमुख आयुक्तले चाहेरसमेत तिनको नाम हटाउन नसक्ने आयोग स्रोतले बताएको छ ।
नेकपाको विधानमा औपचारिक पत्रमा दुईजना अध्यक्षको दस्तखत अनिवार्य भनिएको छ । त्यसैले निधन भएका केन्द्रीय सदस्यको नाम हटाउन अनुरोध गरिएको पत्रमा दुईजना अध्यक्षको दस्तखत चाहिने भएपछि उक्त लफडा आइपरेको हो । ‘कुरो के होला ?’ भनेर सोधिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो ‘म आफैँ मलामी गएको छु, ती सदस्य अहिले स्वर्गमा छन् । तर उनको नाम अझै नेकपाको केन्द्रीय सदस्यमा देखिन्छ । त्यसैले निधन भएको सदस्यलाई पनि प्रक्रियासम्मत पत्र नआएकाले हटाउन सकिएन ।’
विवाद आएपछि भने मरेको मान्छे थाहा पाउँदासमेत हटाउन सक्दैन ।
यता समिम मियाँ अन्सारीको नाम पनि केन्द्रीय सदस्यमा उल्लेख छ । उनी अहिले मुस्लिम आयोगको अध्यक्ष छन् । तर पनि निर्वाचन आयोगले नाम हटाउन सक्दैन । हटाइदिनको लागि अनुरोध गर्दै पत्र आयोगमा पुगे पनि विधानबमोजिम आधिकारिक पत्रमा दुईजनाको हस्ताक्षर चाहिने भएकाले अन्सारीको नाम कायम रहन पुगेको हो । जबकि संविधानमा कुनै पनि संवैधानिक निकाय र अंगमा नियुक्त हुने पदाधिकारी राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था छ ।
१५ सय १ जनाको पद ‘भुस’ बनाएपछि उनीहरू ले बधाई खान मिल्ने तर, शपथ खान नमिल्ने भएको छ ।
निर्वाचन आयोग स्रोतले भनेको छ ‘राजनीतिक दलहरू मिलेर अघि बढेको बेलामा आयोग त्यतिधेरै भित्र छिर्दैन । तर, विवाद आएपछि भने मरेको मान्छे थाहा पाउँदासमेत हटाउन सक्दैन । अहिले आयोगलाई मुख्य समस्या नै नेकपाको विधानमा लेखिएको भाषा र व्यवस्था भएको छ ।’
त्यसैगरी आयोगको पछिल्लो निर्णयले ओली समूहले केन्द्रीय समितिमा नियुक्त गरेका १५ सय १ जनाको पद ‘भुस’ बनाएपछि उनीहरू ले बधाई खान मिल्ने तर, शपथ खान नमिल्ने भएको छ । आयोगले विधानसम्मत नभएको बताएपछि उनीहरूको वैधानिकता केही दिनमै भुस भएको हो । आयोगले ४ सय ४१ जना सदस्यलाई मात्रै केन्द्रीय सदस्य मान्ने निर्णय गरेको छ ।
टिप्पणीहरू