प्रचण्ड र नेपालको धर्ना

प्रचण्ड र नेपालको धर्ना

प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बिरुद्ध लगातार आन्दोलन गर्दै आएको नेकपा (बहुमत)ले आइतबार पनि विरोधका कार्यक्रम जारी राखेको छ। पूर्वघोषित कार्यक्रमअनुसार आज नेकपाका सांसदहरु माइतीघर मण्डलामा धर्नामा बसेका छन् । एक साता लामो धर्ना अभियान शुरु गरेको नेकपाले आज तेस्रो दिन पनि धर्ना दिएको हो ।

धर्नामा नेकपाका संविधानसभा सदस्य,संघीय सांसद तथा प्रदेशसभा सदस्यहरु उपस्थित थिए । धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पनि सहभागी थियो ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भन्दै आएको नेकपा अहिले तेश्रो चरणको आन्दोलनमा छ । दुईबर्षे कार्यकाल बाँकी रहँदै गत पौष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेसंगै ओलीइतरका सबै राजनीति दल,नागरिक समाज,विभिन्न संघसंस्थाले आन्दोलन गरिरहेका छन् ।

टिप्पणीहरू