म्यानमारमा सैनिक ‘कु’ !
म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई सेनाले पक्राउ गरेको छ । सेना र सरकारबीच बढ्दै गएको तनावको बीचमा भएको सुचीको पक्राउलाई सैनिक ‘कु’ को रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सुचीको पक्राउलाई एनएलडीका प्रवक्ताले समेत पुष्टि गरेका छन् । गत नोभेम्बरमा भएको आमनिर्वाचनमा एनएलडीले स्पष्ट बहुमतप्राप्त गरेपछि सेनाले धाँधलीको आरोप लगाउँदै आएको छ । त्यहि आरोप बढ्दै गएपछि आज सबेरै गरिएको सुचीको पक्राउलाई सैनिक ‘कु’ को आशंका गरिएको हो ।
आज नेपाली पात्रोअनुसार माघ १९ गते हो । १८ वर्षअघि नेपालमा राजा ज्ञानेन्द्रले आजैका दिन सत्ता हातमा लिएका थिए । उता म्यानमारमा पनि माघ १९ कै दिन सेनाले त्यो काम अघि बढाएको देखिन्छ ।
टिप्पणीहरू