माघ १९ कै दिन म्यानमारमा प्रजातन्त्रको हत्या
माघ १९ कै दिन आज म्यानमारमा सैनिक कू भएको छ । यही शैलीमा राजा ज्ञानेन्द्रले नेपालमा ०६१ माघ १९ का दिन सम्पूर्ण राजकीय सत्ता आफूमा निहित हुने घोषणा गर्दै ०६३ वैशाखसम्म शासनसत्ता हत्याएका थिए । संयोगवस १६ वर्षपछि म्यानमारको सेनाले यही दिनलाई अर्को निरंकुशता लाद्ने साइतका रुपमा अपनाएको छ ।
गत नोभेम्बर महिनामा सम्पन्न निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको दलले भारी मतका साथ जित हासिल गरेको थियो । तर,सेनाले चुनावमा धाँधली भएको नाममा आज ‘कू’ गरेको छ ।
प्रधानसेनापति मिन अङ्ग लाइङले म्यानमारको संवैधानिक व्यवस्थाविपरित त्यहाँका कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका एक वर्षका लागि आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् । जबकि, त्यहाँको संविधानले बढीमा ६ महिनासम्म सेनाले सत्ता लिन सक्ने र आवश्यक परे फेरि ६ महिनापछि म्याद थप्न पाइने व्यवस्था गरेको छ ।
सैनिक कूको घोषणासँगै त्यहाँ नियुक्त हुने दुई उपराष्ट्रपतिमध्ये सैनिक पृष्ठभूमिका एक उपराष्ट्रपतिलाई राष्ट्रपति घोषणा गरिएको छ ।
यसअघि बिहान ३ बजेदेखि ४ बजेसम्ममा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसहित सम्पूर्ण मन्त्री तथा राजनीतिक दलका नेताहरुलाई गिरफ्तार गरिएको थियो । त्यहाँको चोक चोकमा सेनालाई तैनाथ गरिएको छ । रास्ट्रपति वु विन मिन्ट र स्टेट काउन्सिलर आङ्ग सानसुकीलाई नजरबन्द गरिएको छ । म्यान्मारमा अढाई लाख नेपाली बस्दछन् । म्यानमारको संविधानअनुसार, त्यहाँका दुई उपराष्ट्रपतिमध्ये एकजना सैनिक पृष्ठभूमिका रहनु अनिवार्य छ ।
साथै,सरकारमा गृह, रक्षा र सीमा सुरक्षा मन्त्रालय पनि सेनाले नियुक्त गर्ने व्यवस्था छ । त्यहाँको सैन्य संख्या साढे पाँच लाख छ । संसदमा २५ प्रतिशत सदस्य प्रधानसेनापतिको सिफारिसमा नियुक्त हुन्छन् ।
स्मरणीय छ,सेनाले यसअघि पनि म्यानमारमा ५२ वर्ष सत्ता सञ्चालन गरेको थियो । सेनाको उक्त हर्कतविरुद्ध संयुक्त रास्ट्रसंघका महासचिवले निन्दा गरेका छन् ।
Statement attributable to the Spokesperson for the Secretary General of the UN – on Myanmar
The Secretary-General strongly condemns the detention of State Counsellor Daw Aung San Suu Kyi, President U Win Myint and other political leaders on the eve of the opening session of Myanmar’s new Parliament. He expresses his grave concern regarding the declaration of the transfer of all legislative, executive and judicial powers to the military. These developments represent a serious blow to democratic reforms in Myanmar.
The 8 November 2020 general elections provide a strong mandate to the National League for Democracy (NLD), reflecting the clear will of the people of Myanmar to continue on the hard-won path of democratic reform. The Secretary-General urges the military leadership to respect the will of the people of Myanmar and adhere to democratic norms, with any differences to be resolved through peaceful dialogue. All leaders must act in the greater interest of Myanmar’s democratic reform, engaging in meaningful dialogue, refraining from violence and fully respecting human rights and fundamental freedoms.
The Secretary-General reaffirms the unwavering support of the United Nations to the people of Myanmar in their pursuit of democracy, peace, human rights and the rule of law.
Stéphane Dujarric, Spokesman for the Secretary-General
New York, 31 January 2021
टिप्पणीहरू