बर्माको “कू” मा योगेशको बिरोध
पूर्वमन्त्री तथा नेकपा नेता योगेश भट्टाराईले प्रजातन्त्र कसैलाई नेता बनाउने प्रक्रिया मात्र नभएको बताउनुभएको छ । म्यान्मारमा भएको सैनिक कू बारे धारणा सार्वजनिक गर्दै उहाँले प्रजातन्त्र मानिसको जीवन पद्धति बनिसकेको उल्लेख गर्नुभएको छ ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले म्यानमारमा भएको सैन्य कू लाई प्रजातन्त्र र मानिसको जीवनमाथिको हमला भन्नुभएको छ ।
‘२१ औं शताब्दीमा प्रजातन्त्र – कसैलाई शासक बनाउने प्रकृया मात्र होइन । प्रजातन्त्र हरेक मानिसको जीवन पद्धति बन्न पुगेको छ’, उहाँले भन्नुभएको छ, ‘म्यानमारमा भएको सैन्य कू प्रजातन्त्र र मानिसको जीवनमाथिको हमला हो । सेना ब्यारेकमा फर्क ।’
म्यान्मारको सेनाले आज त्यहाँका कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका एक वर्षका लागि आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । सैनिक कूको घोषणासँगै त्यहाँ नियुक्त हुने दुई उपराष्ट्रपतिमध्ये सैनिक पृष्ठभूमिका एक उपराष्ट्रपतिलाई राष्ट्रपति घोषणा गरिएको छ ।
सेनाले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसहित सम्पूर्ण मन्त्री तथा राजनीतिक दलका नेताहरुलाई गिरफ्तार गरेको छ ।
टिप्पणीहरू