इञ्जिनियर भेलामा प्रधानमन्त्रीका डेढ घण्टा
पार्टी विभाजनपछि संगठन विस्तारमा आक्रामक ढंगले लागेको नेकपा ओली समूहले आज अपरान्ह इञ्जिनियरहरुको भेला गरेको छ । राष्ट्रिय सभागृहमा सोसमूह निकट प्राेग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) को भेला गरिएको हो ।
भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ घण्टासम्म सम्बोधन गर्नुभएको थियो,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायतले बोलेको सो भेलामा केन्द्रीय सदस्य तथा पूर्वआइओइका डिन भरत पहाडी, प्राध्यापक सीताराम जोशी,प्रदेश नम्बर १ को मुख्यमन्त्रीका सल्लाहकार ई. महेन्द्रबाबु गुरुङ लगायतको सहभागिता रहेको थियो ।
टिप्पणीहरू