मुठभेडमा कैयौं घाइते, थुनिएकालाई छाड्न माग
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गलत भन्दै दैनिक जसो हुने विरोध प्रदर्शन,नारा जुलुस,तथा धर्नाजस्ता शब्दहरु आजभोलि सामान्य जस्तै भैसकेको छ । सोही क्रममा आज नेकपा (बहुमत) समर्थित विद्यार्थी संगठन/युवासंघ,सुरक्षाकर्मी र ओली समूहवीच देशका विभिन्न स्थानमा झडप भएका छन् ।
सिराहामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित एउटा कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न गएका प्रचण्ड- माधव पक्षका विद्यार्थी नेताहरु पुजन सिँह, युवासंघका नेता सरोज यादवलगायत घाइते भएको बताइन्छ ।
त्यसैगरी नुवाकोटको बट्टारमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल उपस्थित कार्यक्रममा विरोध गर्न पुगेका प्रचण्ड- माधव पक्षका विद्यार्थीसँग झडप हुँदा झन्डै एक दर्जन घाइते भएका छन् । केही घाइतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।
काठमाडौ बानेश्वरको प्रदर्शनमा परी अनेरास्ववियुका नेता प्रसुन कार्कीलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय समितिका सह-संयोजक रन्जित तामाङद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू