शहादत प्राप्त ठाउँमा नागरिक आन्दोलन सामेल
प्रतिनिधिसभा विघटनविरुद्ध लगातार प्रदर्शन गरिरहेको बृहत् नागरिक आन्दोलनले आज प्रतिरोध कार्यक्रम गर्ने भएको छ।
शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको ठाउँ शोभा भगवतीमा दिउँसो २ बजे कार्यक्रम हुने बताइएको छ ।
बृहत् नागरिक आन्दोलनले प्रतिगमन विरुद्ध प्रतिरोधमा सामेल हुन आव्हान गरेको छ । बृहत् नागरिक आन्दोलनले यसअघि नै तेस्रो जनआन्दोलन घोषणा गरेको थियो ।
टिप्पणीहरू