कञ्चनपुरमा बाढीको चेतावनी
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले दार्चुला जिल्लाको माल्पा भन्ने स्थानमा हिजो गएको पहिरोका कारण महाकाली नदी थुनिएकाले जुनसुकै बखत बाढी आउने सम्भावना देखाउँदै नदी नजिकका वस्तीमा रहेकालाई सावधानी र सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रशासनले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पहिरोका कारण महाकाली नदी थुनिन गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकोले महाकाली नदीका वस्ती र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’
टिप्पणीहरू