सडक विस्तारविरुद्ध बन्द

काठमाडौँ उपत्यका सडक विस्तार संघर्ष समितिले प्रहरी दमनका विरुद्ध आन्दोलन थालेका छन् । संघर्ष समितिका अध्यक्ष सुमन सायमी लगायतका अभियान्तालाई फागुन १२ गते बालाजुबाट गरिएको पक्राउको विरोधमा समितिले आइतबार आन्दोलन गरेको हो ।

कालिमाटी क्षेत्रमा भएको गैरन्यायिक सडक विस्तार संघर्ष समितिकी कोषाध्यक्ष बिधा श्रेष्ठको नेतृत्वमा रहेको आन्दोलनकारीको समूहले सो क्षेत्रमा पसल बन्द गराएको हो । ‘अफ्नो घर डोजर चलाउनबाट जोगाउनु छ भने पसल बन्द गराइ बिरोध जनाउनु होला’ भन्दै हिंडेका आन्दोलनकारीहरुले १२ बजेसम्म पसल बन्द रहने बताएका छन् ।

बन्द गराउंदै हिँडेका आन्दोलनकारीलाई तितरबितर पारेर प्रहरीले पसल खोल्न आदेश दिएपनि कतिपय व्यवसायीले पसल खोल्न अस्वीकार गरेको बताइएको छ।

बालाजु बाइपासमा भैरहेको सडक विस्तारविरुद्ध संघर्षरत ‘सडक विस्तार पीडित संघर्ष समिति’का पीडित र अभियन्ताहरूलाई प्रहरीले संघर्षकै क्रममा गिरफ्तार गरेको थियो ।

सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको आरोपमा उनीहरु गिरफ्तार परेका थिए । गिरफ्तार हुनेमा स्थानीय जग्गाधनी तथा पीडित मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमनसायमी र विरोचन रहेका श्रेष्ठ छन् ।

टिप्पणीहरू