यो कस्तो अपहरण ?
साइबर सेनापति महेश बस्नेतलगायत केही नेतालाई माननीय बटुलेर बालुवाटार पुर्याउने र विभिन्न अफर प्रस्ताव गर्ने जिम्मेवारी दिइएको छर्लङ्गै देखिएको छ । यस्तो काममा बस्नेत निपुण साबित भइसकेका छन् । उनको टिममा कन्चनपुरकी मनोनीत निरु पाल र तनहुँबाट रामचन्द्र पौडेललाई हराउने किसान श्रेष्ठ पनि सम्लग्न पाइएका छन् । यी दुईले भूतपूर्व आइजिपी सर्वेन्द्र खनालसङ्ग मिलेर यही बर्ष मधेसका केही माननीयलाई महोत्तरीको घरघरबाट उठाई बालुवाटार र म्यारियट होटेल भित्र्याएका थिए ।
शुक्रबार गण्डकी प्रदेशका नेताहरूसँग प्रधानमन्त्रीको भेटघाट भनिएको ठाउँमा समेत बस्नेत र निरु पाल ठडिएका देखिन्छन् । बालुवाटारमा भएको फोटो सेसनमा उनीहरुसँगै गण्डकी सरकारका अर्थमन्त्री र किसान श्रेष्ठ पनि थिए । तर,त्यो भेटको सारचाँहि दासढुङ्गामा मदन भण्डारीसङ्गै मारिने नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीलाई बालुवाटारको क्याम्पमा फर्काउनु थियो ।
अहिले सबै कामको जिम्मा एक्लो महेश बस्नेतलाई दिएको देखिछ । बालुवाटारदेखि देश दौडाहा, ओलीको रक्षा कवचदेखि साइबर सेनाको प्रचार सबैमा उनै अगाडि छन् । एक किसिमले भन्ने हो भने उनी नै प्रधानमन्त्रीको एक्लो सारथी बनेका छन् । व्यापार र व्यवसाय गर्ने किसान श्रेष्ठ पनि अलि अलि त्यो लाइनमा छन् ।
टिप्पणीहरू