कांग्रेसमा कलाकार
अस्ति भर्खरकै कुरा हो, नेपाली कलाकारहरूको एउटा ठूलै डफ्फा नेपाली कांग्रेसमा प्रवेश ग¥यो । त्यसमा निर्देशक नीर शाह जस्ता दिग्गज कलाकारहरू समेत सामेल छन् । देशमा अहिले जुन परिस्थिति चलिरहेको छ, यस्तो अवस्थामा कलाकारहरूको कांग्रेस प्रवेशले विभिन्न प्रश्न उब्जाइदिएको छ ।
हालै विभाजित नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको भाषण त सबैले सुनेकै हुनुपर्छ । एकातिरका नेता भन्छन्– यो नाटकै हो… नाटकैऽऽ हो । जवाफमा अर्कोतिरका नेता भन्छन्– यो नौटंकी नै हो…. नौटंकी नैऽऽ हो ।
एकातिर नाटक चलिरहेको छ । अर्कोतिर नौटंकी । बिचरा कांग्रेसमा भने केही पनि चलिरहेको छैन । न नाटक, न नौटंकी । शायद त्यही भएर अब आफूले पनि राजनीतिमा नाटक र नाटैकी देखाऊँ भनेर पो कांग्रेसले कलाकारको डफ्फालाई पार्टी प्रवेश गराएको हो कि ?
टिप्पणीहरू