मध्यरातबाट छोइनसक्नु महङ्गी
सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ छोइनसक्नु बढेको छ । आयल निगमका अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।
नयाँ भाउअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेल ९९ रुपैयाँ कायम भएको छ । त्यसैगरी, हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँले बढेर ७२ रुपैयाँ बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले बढेपछि अब ८ सय ९३ डलर प्रतिकिलोलिटर भएको छ ।
खाना पकाउने ग्याँसमा भने मूल्य नबढाइएको निगमले जनाएको छ । यसअघि फागुन ४ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अब १५ दिनपछि फेरि भाउ बढ्ने निश्चित रहेको स्रोतले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले यहि रफ्तारमा जाने हो भने आगामी एक वर्षमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४० रुपैयाँ नाघ्ने प्रक्षेपण यसअघि नै गरिएको थियो ।
टिप्पणीहरू