प्रधानमन्त्री कुर्दाकुर्दै वाक्क भए प्यासेन्जर
प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आज बिराटनगर विमानस्थलमा यति एअरलाइन्सको अन्तिम उडानबाट काठमाडौं फर्कन लागेका यात्रु घण्टौंसम्म अलपत्र परेका छन् । आज बिहान दुर्गा प्रसाईको बीएण्ड सीअस्पताल (क्यान्सर खण्ड) उदघाटन गर्न गृह जिल्ला झापा जानुभएका प्रधानमन्त्री ओली उर्लाबारीको अर्को कार्यक्रम सकी विराटनगर विमानस्थल हुँदै यति एअरलाइन्सको साँझ साढे पाँच बजेको उडानबाट राजधानी फर्कने पूर्व निर्धारित कार्यक्रमभन्दा सवा दुई घण्टा ढिलो आइपुगेपछि दर्जनौं यात्रु विमानस्थलमा रोकिएका हुन् ।
प्रायः मुलुकभित्र नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने प्रधानमन्त्रीले हिजो पोखरा जाँदा र आज बिराटनगर जाँदा निजी क्षेत्रको यति एअरलाइन्स प्रयोग गर्नुभएको हो । जबकि राज्यका प्रमुख व्यक्तिले राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग गर्छन् । हिजो पोखरा जाँदा र आज बिराटनगर जाँदा पनि प्रधानमन्त्रीले नेपाल वायुसेवाको विमान प्रयोग गर्नेतर्फ कुनै रुची राखेको पाइएन ।
यसअघि चीन भ्रमणमा जाँदा पनि उहाँले हिमालयन एअरलाइन्सको चार्टर विमान प्रयोग गर्नुभएको थियो । हिमालयन र यति एअरलाइन्स दुवै प्रधानमन्त्री निकट पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको यति ग्रुप मातहतका कम्पनी हुन् ।
टिप्पणीहरू