१० महिनामा नौ पटक मूल्यबृध्दि, नघटाए आन्दोलन :अनेरास्ववियु
सरकारले चालु आर्थिक वर्षको साढे १० महिनामा पेट्रोलियम पदार्थमा नौ पटक मूल्यबृद्धि गरेको उल्लेख गर्दै नेकपा (बहुमत) निकट अनेरास्ववियुले बढाइएको भाउ फिर्ता नलिएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘कोरोना कहर र लामो लकडाउनका कारण थिलथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरूको चुलो चौकोमै बज्रप्रहार गर्ने कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको छ ।’
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा तत्काल बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला नघटाउने हाम्रो प्रवृत्तिसँगै विद्यार्थी संगठनले पटक पटक आयल निगमलाई व्याप्त भ्रष्टाचार, अनियमितता र चुहावट रोक्नेतर्फ ध्यानाकर्षण गराउँदै आएको स्मरण गराएको छ ।
तर, यसअघि गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियु संघर्षमा उत्रिरहेको बेलामा झन् मूल्य बढाउने कार्यले जनता र विद्यार्थीलाई आक्रोशित तुल्याएको बताएको छ ।
टिप्पणीहरू