अदालतले छाडेपछि नेवारहरुले निकाले जुलुश

अदालतले छाडेपछि नेवारहरुले निकाले जुलुश

गत सातादेखि महानगरीय प्रहरी बृत्त बालाजुले गैरन्यायिक थुनामा राखेका उपत्यका सडक विस्तार पीडित संघर्ष समितिसम्बध्द अभियन्ताहरूलाई सर्वोच्च अदालतले आज रिहा गरिदिएको छ । गैरन्यायिक थुनाबिरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतले दिएको आदेशपछि सबै बन्दी थुनामुक्त भएका हुन् ।

यसैबीच आज साँझ राजधानीको इन्द्रचोकबाट राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति र सेभ नेपा भ्याली मुभमेण्ट,नेवाः संघ,उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति,जन सरोकार समन्वय समिति,जागरुक युवा समाज,प्रगतिशील नागरिक मञ्च,जनसरोकार समिति खोकनाले संयुक्त मैनबत्ती जुलुश निकालेका छन् ।

नेपाल सरकारबाट हुँदै आएको नेवाः भूमि अतिक्रमण र भाषिक–सांस्कृतिक दमनबिरुद्ध मैनबत्ती जुलुश आयोजना गरिएको आयोजक समितिका श्यामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।

कार्यक्रममा विवेकशीलका प्रदेश सांसद विरजभक्त श्रेष्ठ,पत्रकार तथा सामाजिक अभियन्ता नारायण वाग्ले,गणपतिलाल श्रेष्ठ, उपत्यकाव्यापी सडक विस्तार सङ्घर्ष समितिका संयोजक सुमन सायमीलगायतको उपस्थिति थियो ।

इन्द्रचोकबाट शुरु भएको जुलुश भेँडासिंह,क्षेत्रपाटी,ढल्को हुँदै कालिमाटी चोकसम्म पुगेको थियो

टिप्पणीहरू