वार्ता टोली उठ्यो

वार्ता टोली उठ्यो

सरकार र प्रतिबन्धित नेकपा (विप्लव) बीचको वार्ता सकिएको छ । आज बिहान बालुवाटारमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना कुरा राखेको र आगामी वार्तामा थप छलफल गर्ने गरी टुङ्गिएको बताइएको छ ।

वार्ताबारे विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार छिट्टै अर्को चरणको वार्तामा बसेर थप छलफल गर्ने समझदारी जुटेको छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए । त्यस्तै विद्रोही नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी थिए ।

मंगलबार बिहान सरकारले वार्ता टोली सार्वजनिक गरेको एक घण्टापछि विप्लव समूहले पनि वार्ता समिति घोषणा गरेको थियो ।

टिप्पणीहरू