ताप्लेजुङमा भिषण आगलागी
पाथीभराको आगोको धुवा पूर्ण रुपमा निभिनसक्दै ताप्लेजुङमा फेरिपनि अर्को आगलागीले ठूलो पीडा थपेको छ ।
फाल्गुण १८ गते मंगलबार ताप्लेजुङको पुरानो तथा दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा विहान ९ बजे देखि आगलागी भएको थियाे ।सदरमुकामबाट निकै टाढा भएका कारण आवश्यक जनशक्ति समयमा पुग्न कठीन उक्त स्थानमा ढुङ्गा माटो काठ र टिनका घरहरु भएकाले आगो फैलिन थालेपछि नियन्त्रण गर्न निकै कठीन भएकाे थियाे । गाउमा अागाे निभाउने जनशक्तिको अभाव हुदाआगो फैलिन पाएको हो ।
प्रारम्भिक तथ्याङ्कअनुसार ३३ घर र यी घरमा डेरा गरी बस्ने थप परिवार सहित ४९ घरपरिवार अग्नी पीडामा परेको बताइएको छ । आजै स्थानीय निकाय मिरिङदेन गाउँपालिकाले प्रतिपरिवार रु १५ हजारका दरले र रेडक्रस ताप्लेजुङ शाखाले त्रिपाल, भाँडाकुँडासहित आफ्नो प्याकेज वितरण गरेकाे छ । त्यस्तै, उद्योग वाणिज्य संघ ताप्लेजुङले थप सहयोग वितरण गरेकाे छ।
दोभानबजार तमोर नदी र मौवाखोलाको दोभानको संगमस्थल महादेवटारको फाँटमा भित्तातर्फ ठूलो भिर भएका कारण आगो भिरतर्फ गएकाले आगो,लागी नियन्त्रणमा लिन थप केही दिन लाग्ने देखिएको छ ।
-कमल भट्टराई
टिप्पणीहरू