नेकपा बैठक शुरु : दलको नेताबारे निर्णय हुने
नेकपा (बहुमत)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै शुरु भएको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने बताइएको छ ।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । स्थायी कमिटी बैठक लगत्तै शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु नागरिकतासहित उपस्थित भएको बताइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने र २३ गते बस्ने संसद बैठकमा पार्टीको भूमिका कस्तो हुने भन्नेबारे ठोस योजना तय गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।
टिप्पणीहरू