प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका स्थगित

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका स्थगित

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गतेसम्मका स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

गत असारयता बिभिन्न समयमा निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित भएपछि एक मिनेट मौन धारण गरेर सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगितको घोषणा गर्नुभएको थियो ।

संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

टिप्पणीहरू