पेरिसडाँडामा माओवादी केन्द्र प्रकट

पेरिसडाँडामा माओवादी केन्द्र प्रकट

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै दुवै पार्टीका कार्यालयहरुमा आ-आफ्ना बोर्ड राख्न थालिएको छ । नेकपा केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराही र पेरिसडाँडाबाट दुवै पार्टीले पुरानो बोर्ड हटाएर एमाले र माओवादी केन्द्रको साबिक बोर्ड राखेका छन् ।

पार्टी एकता उल्ट्याउने सर्वोच्चको फैसलाबाट उत्साहित देखिएको एमालेको ओली पक्षले हिजै धुम्बाराहीमा एमालेको बोर्ड राखेको थियो । माओवादी केन्द्रले भने निर्वाचन आयोगको आधिकारिक पत्र पाएपछि आज बोर्ड राखेको हो ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले अदालतको फैसला र निर्वाचन आयोगको पत्र प्राप्त भएपछि नयाँ नाम राखिएको बताए । केन्द्रीय कार्यालयका लेखा प्रमुख राजन पराजुलीको नेतृत्वमा करिब १५ जनाको सङ्ख्यामा आएका युवाहरुले बोर्ड टाँगेको ढकालले बताए ।

टिप्पणीहरू