पुरानो फाल्दै,नयाँ झुण्ड्याउँदै
सर्वोच्च अदालतको पछिल्लो फैसलाले एकीकृत नेकपालाई पूर्ववत एमाले र माओवादी केन्द्रमा परिणत गरिदिएपछि एमाले र माओवादीका पहिलेका कार्यालयमा पुरानो साइनबोर्ड फालेर नयाँ राख्ने क्रम बढेको छ ।
त्यहि क्रममा एमालेले झैँ माओवादी केन्द्र र उसका भातृ संगठनहरूले पनि आफ्ना पहिलेका कार्यालयमा नयाँ बोर्ड झुण्ड्याउने कामलाई तीव्रता दिएका हुन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा हिजो साँझ पूर्वयुवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ को टोलीले राष्ट्रिय युवा संघ नेपालको होर्डिङ्गबोर्ड हटाएर योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल) को बोर्ड झुण्ड्याएको छ । साथै वाईसीएलले पर्सि २८ गते पेरिस डाँडामा बैठकसमेत बोलाएको छ ।
टिप्पणीहरू