पशुपतिमा जोगी कम, दर्शनार्थी ज्यादा

पशुपतिमा जोगी कम, दर्शनार्थी ज्यादा

महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजा गर्न गएका भक्तजनको आज सबेरैदेखि पशुपति क्षेत्रमा घुईंचो देखिन्छ । प्रधानमन्त्रीको पहलमा शिवलिङ्गमा ९० करोड खर्चेर सुनको जलहरी हालिएकोले त्यसको छुट्टै आकर्षण छ ।

उता सेना दिवस पनि आजै परेको हुँदा टुँडिखेलमा भिआइपीहरुको जमघटसहित छुट्टै रौनक छ । बिहान साढे नाै बजेसम्म झण्डै ३५ हजार जनाले दर्शन गरिसकेको बताइएको छ । अझै दर्शनको लागि १२ हजार जनाभन्दा बढी लाइनमा बसेको शिवरात्री व्यवस्थापन समितिले जनाएको थियाे। तर, साढे ११ बजेसम्म अइपुग्दा उक्त संख्या क्रमशः ५६ हजार र १२ हजार माथि रहेकाे बताइएकाे छ ।

आज दिनभरि पशुपतिमा चार वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएकाले काठमाडौंका विभिन्न स्थानबाट आएका दर्शनार्थीहरुलाई सहज भएको पनि आयोजकहरुले बताएका छन् । विगतलाई हेर्दा बिहान बढेको दर्शनार्थीको भीड मध्यान्हमा केही घटेपनि अपरान्हबाट फेरि बढ्ने गरेको छ ।

टिप्पणीहरू