जसपा गोप्य छलफलमा जुट्यो
जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटेका छन् । भावी सत्ता समीकरणलाई लिएर मंगलबार र बुधबार अन्य राजनीतिक दलहरुसंग छलफल तीब्र बनाएका जसपाका शीर्ष नेताहरु बिहीबार आन्तरिक छलफलमा जुटेका हुन् ।
बालकुमारीस्थित केन्द्रीय कार्यालयमा सो पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,केन्द्रीय परिषद अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुर,वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोवीच छलफल शुरु भएको हो । छलफलमा केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरीलगायत १५/२० जना नेता सहभागी रहेको बताइएको छ ।
जसपामा सत्ता समीकरणबारे विवाद छ । यादव र भट्टराई वर्तमान सरकारको बहिर्गमनको पक्षमा छन् भने ठाकुर र महतो अहिलेकै सरकारलाई निरन्तरता दिने गरी पनि छलफल गर्न सकिने अडानमा रहेको चर्चा छ । संसद्को अंकगणितमा निर्णायक देखिएको जसपाभित्रको विवाद र शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू