जोखिमपूर्ण सत्ताइस वर्षे यात्रामा जनआस्था

हिजाेदेखि हामी २७औं वर्षमा प्रवेश ग¥यौं । २०५१ साल फागुन २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवसकै दिन पारेर जनआस्थाको प्रकाशन शुरु भएको हो । दृष्टि साप्ताहिकबाट अलग्गिएको टिमले प्रेस स्वतन्त्रताको सीमाबारे तत्कालिन पार्टी नेतृत्वसमक्ष आफ्ना कुरा राख्दै सुनुवाई नभएपछि मिसन पत्रकारिताबाट व्यवसायिक पत्रकारितामा रुपान्तरण हुने निधोसहित जनआस्था शुरु गरेको थियो । त्यसअघि मंसिरमै मनमोहन अधिकारीको नेतृत्वमा नेकपा एमालेको पहिलो कम्युनिष्ट सरकार बनेको हो । उक्त सरकारले एक सय दिन पार गर्नु २४ घण्टा अगाडि पहिलो प्रकाशन थालेको जनआस्थालाई नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, हालका राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले राज्यव्यवस्था विभाग प्रमुख झलनाथ खनाल र वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठले लिखित शुभकामना दिनुभएको थियो ।

आस्था प्रकाशन प्रालिको ब्यानरअन्तर्गत प्रकाशित उक्त पत्रिकाको सल्लाहकारमा वरिष्ठ पत्रकार कमल कोइराला रहनुभयो । पार्टी अनुशासनमा नबाँधिई स्वतन्त्र पत्रकारिता शुरु गरेको भन्दै तत्कालिन संगठन विभाग प्रमुख विष्णु पौडेलले जनआस्थाको सिंगो टिमसँग स्पष्टीकरण माग्नुभएको थियो । त्यही बेला प्रकाशित एक अन्तर्वार्तामा तत्कालिन प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले आफ्ना गृहमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै ‘उहाँको मुखमा सरस्वतीको बास छ’ भनेका थिए । हालका प्रधानमन्त्री केपी ओलीको त्यही बोली अहिले पनि कसैका निम्ति बरदान त कसैका निम्ति विष बन्ने गरेको छ ।

जनआस्थामा हालसम्म निम्न पत्रकार र विविध विधाका व्यक्तित्वहरु जोडिइसक्नुभएको छ । वार्षिकोत्सवको अवसरमा हामीलाई माया र हौसला दिनुहुने सबै व्यक्ति र संस्थाहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । सूचना प्रविधिको विकाससँगै जनआस्था छापा र अनलाइन पत्रकारितामार्फत् नयाँ–नौला समाचार र सामग्रीहरुसहित सबैसँग उस्तै जोश र जाँगरका साथ जोडिइरहने प्रतिबद्धता जाहेर गर्दछौं । सबैमा शुभकामना ।

कमल कोइराला, स्व. प्रेमसिंह धामी, भिक्षु अश्वघोष, सीताराम बराल र सीताराम भट्टराई, चुडामणि भट्टराई, कौशल चेम्जोङ्ग, प्रकाशबिक्रम शाह, अरुण बराल, सुधीर शर्मा, टिकाराम राई, विनोद र माधव ढुङ्गेल, दिपक अधिकारी, दीपेन्द्र राई दीनदुखी, कमल पौडेल, हेमचन्द्र बस्नेत, रविन सायमी, गुणराज लुइँटेल, सन्तोष पोख्रेल, निश्चल चापागाईं, यात्रा थुलुङ्ग, पुष्प केसी, राजकुमार दिक्पाल, डम्बरकृष्ण श्रेष्ठ, महेन्द्र बिष्ट, प्रथम मिस नेपाल रुवी राणा, मिस नेपालकी दोस्रो रनरअप तृष्णा कुँवर, डा. अरुणा उप्रेती, बिन्दिया प्रधान, डा. गोविन्दबहादुर थापा, आनन्दराम पौडेल, धिरेन चेम्जोङ, उमेश कोरङ्गी, रमेशकाजी स्थापित, शंकर सुवेदी, जीवन शाक्य, मनरुप नेप्च्युन शाही, राजेन्द्र मानन्धर, सुरेश मानन्धर, स्व. एल्भिस जोशी, राजाराम गौतम, कमल पौडेल, रोशन साँवा, सिध्दराज तिमल्सिना, सरोज ढकाल, सुरेश कसजु, कृष्ण अविरल, सोमनाथ बाँस्तोला, गौरी प्रधान, स्व. बारबरा एडम्स, बिजय स्यस्यः, भाइराजा तुलाधर, हरि रोक्का, डा. पुष्पराज राजकर्णिकार, सत्यदेव भट्टराई, दुर्गा भण्डारी, खगेन्द्र थापा मगर, गोविन्द भट्टराई, शेरबहादुर केसी, भरत भट्टराई, अम्बिका भण्डारी, गणेश लम्साल, रमेश खड्का, पुष्पलाल पाण्डे, गोविन्द बिष्ट, बिन्देश्वर खनाल, कल्याणबन्धु अर्याल, दयाराम डाँगी, यादवप्रसाद पाण्डे, अर्जुन क्षेत्री, शंकर सौगात, शरद अधिकारी, सूर्यप्रकाश भट्टराई, बेनुप भट्टराई, किसन राई, चुरा थापा, ओम थापा, परशुराम काफ्ले, गजेन्द्र बुढाथोकी, अमृत तिमिल्सिना, राजेन्द्र रिमाल, संकेत कोइराला, जीवन श्रेष्ठ, सुरेश कसजु, शर्मिला मल्ल, गया यादव, भुपनिधि पन्त, हरिहरसिंह राठौरलगायत सबै सबैको योगदानप्रति उच्चस्तरीय सम्मान, वर्तमान टिमप्रति गौरवान्वित ! आफ्नो ज्यान र जागिर धरापमा पारेर ब्रेकिङ्ग न्युज उपलब्ध गराउने ज्ञात अज्ञात श्रोतहरुप्रति आभार, शुभेच्छुक, सहयोगीसहित आदरणीय पाठकहरुमा हृदयदेखिको आभार !

टिप्पणीहरू