दुई नम्बरमा राजेशले खेले दाउ
२ नम्बर प्रदेशका नयाँ प्रदेश प्रमुख राजेश अहिराजले दुईवटा विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको खबर बाहिरिएको छ । आधिकारिक सूचना बाहिर नआएपनि उक्त खबर सत्य रहेको श्रोतको दावी छ । प्रदेश प्रमुखकोमा प्रमाणीकरणको लागि प्रदेश संसदले पठाएको हुँदा त्यसबारे सरकारलाई केही थाहा नभएको एकजना मन्त्रीले बताए ।
उनी भन्छन् ‘मैले पनि सुनेको हो । एउटा पदक र अर्को स्वास्थ्यसम्बन्धी विधेयकलाई फिर्ता गरेको भन्ने सुनेको छु । त्योभन्दा बढी थाहा भएन ।’ ती मन्त्रीका अनुसार प्रदेश सरकारले वितरण गर्न सक्ने पदकको निम्ति बनाइएको विधेयक पनि अहिराजले फर्काएको दुई वटामध्ये एक हो ।
नियमानुसार प्रदेश सभाले पारित गरेर विधेयक प्रमाणीकरण गर्न प्रदेश प्रमुखकोमा पठाएको अवस्थामा १५ दिनभित्र प्रमाणीकरण गरी पठाइसक्नुर्पछ । वा त्यो समयावधिभित्र कुनै कारण भए सोधनी भइसक्नुपर्छ ।
फागुन ७ गते यसअघिका प्रमुख तिलक परियारलाई सरकारको सिफारिशमा हठात् हटाएर राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई नियुक्त गर्नुभएको थियो । उनै प्रमुखले अहिले प्रदेश सरकारले पेश गरेर प्रदेश सभाबाट पारित विधेयकलाई फिर्ता गरेपछि जनकपुरतिर अहिराजले प्रदेश भक्तिको सट्टा केपी भक्ति देखाएको भन्न थालिएको छ ।
टिप्पणीहरू